PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

'परी' बन्दा यस्ती देखिइन् अनुष्का शर्मा



पहिलोपोस्ट

'परी' बन्दा यस्ती देखिइन् अनुष्का शर्मा

बलिउड अभिनेत्री अनुष्का शर्मा स्टारर फिल्म 'परी'को युनिट सुटिङका लागि फ्लोरमा निस्किएको वेब दुनियाँले जनाएको छ। फिल्मको फस्ट लुक भने अनुष्का शर्माले आफ्नै ट्विटर ह्यान्डलबाट सार्वजनिक गरिन्।
 


सोसियो रोमान्टिक ड्रामामा अनुष्काको मुख्य अभिनय रहेको छ। अनुष्काको आफ्नै निर्माण रहने फिल्मलाई प्रेरणा अरोरा र अर्जुन एण्ड कपूर इन्टरटेनमेन्टले प्रस्तुत गर्न लागेको हो। परीलाई प्रोसित रोयले निर्देशन गर्दैछन्। उनको यो डेब्यु निर्देशन हो। फिल्ममा बंगाली स्टार परम्ब्रत चतर्जीको पनि अभिनय रहनेछ।

मुम्बई र कलकत्तामा छायांकन हुने फिल्मबारे अनुष्काले भनिन्,'मेरो टिम राम्रो छ। र, मैले चाहेको जस्तै फिल्म निर्माण-प्रदर्शन हुँदैछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell