PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

धेरै कमाउने सेलिब्रेटीको लिस्टमा शाहरुख, सलमान र अक्षय, यो वर्ष अमिताभ बच्चन आउट



पहिलोपोस्ट

धेरै कमाउने सेलिब्रेटीको लिस्टमा शाहरुख, सलमान र अक्षय, यो वर्ष अमिताभ बच्चन आउट

बलिउड बादशाह शाहरुख खान गत वर्ष भारतको अत्याधिक कमाउने सेलिब्रेटी बनेका छन्। फोब्स म्यागजिनले जनाए अनुसार सन् २०१६ मा शाहरुख सेलिब्रेटीमध्ये सबैभन्दा धेरै कमाउने व्यक्ति बने।

म्यागजिनले सबैभन्दा धेरै कमाई गर्ने १०० सेलिब्रेटीको सूची तयार गरेको हो। जसमा शाहरुखसँगै सलमान खान र अक्षय कुमारको पनि नाम रहेको छ।

शाहरुखले २०१६ मा मात्र २४४ करोड भारतीय रुपैंयाँ कमाए। उनको नाम ६५औं स्थानमा रहेको छ। उनलाई पच्छ्याउँदै सलमान खान ७१औं स्थानमा छन्। सलमानको कमाइ २०१६ मा २३८ करोड भारतीय रुपैंयाँ रह्यो। अक्षय कुमारको भने गत वर्ष २२८ करोड कमाइ भयो। जसले उनलाई विश्वभरका धनी सोलिब्रटीको सुचीमा ८०औं स्थान दिएको छ।

गत वर्ष सयजनाको लिस्टमा अमिताभ बच्चनको पनि नाम उल्लेख थियो। तर यो वर्षको सूचीमा उनको नाम अटाएन। सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटी र्‍यापर एवंम् संगीतकार सन काम्ज घोषित भए। ४७ वर्षीय सनले सन् २०१६ मा १३० मिलियन डलर कमाइ गरे। बिबिसी हिन्दीले जनाए अनुसार ८३६ करोड कमाउँदै उनले सबैभन्दा बढी कमाउने सेलिब्रेटीको लिस्टमा प्रथम स्थान ओगटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell