
काठमाडौँ : एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफमा ताजिकिस्तानले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा यमनसँग हारेको ताजिकिस्तान मंगलबार घरेलु मैदानमै फिलिपिन्ससँग प्रतिस्पर्धात्मक खेलमा ४-३ ले पराजित भएको हो। हारपछि ताजिकिस्तान अंक विहिन छ।
यता मंगलबारै घरेलु मैदान हलचोकमा यमनलाई गोलरहित बराबरीमा रोक्दै नेपालले अंकको खाता खोलेको थियो। पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसैको मैदानमा ४-१ ले पराजित भएको थियो।
यमन विरुद्ध अंक जोड्न सफल भएको नेपाल २ खेलबाट १ अंक जोड्दै समूहमा तेस्रो स्थानमा छ।
लगाता दोस्रो जितपछि फिलिपिन्स २ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ। यस्तै २ खेलबाट ४ अंक रहेको यमन दोस्रो स्थानमा छ।
नेपालले अब समूहको तेस्रो खेल आगामी सेप्टेम्वर ५ मा घरेलु मैदान हलचोकमा ताजिकिस्तानसँग खेल्नेछ।
एसियन कप छनोटको अहिलेसम्मको नतिजा र अंक तालिका