PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा जाम्बियामा ४८ सांसद निलम्बनमा



पहिलोपोस्ट

राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा जाम्बियामा ४८ सांसद निलम्बनमा
तस्बिर : लुसाका टाइम्स

लुसाका: राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले मङ्गलबार जनाएको छ।

राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि गरेको संसदको सम्वोधनमा प्रतिपक्षी दल पार्टी फर युनाइटेड नेसनल डेभलपमेन्ट (यूपीएनडी) का सांसदले विरोध स्वरुप बहिस्कार गरेका थिए।

'मैले राष्ट्रपतिको सम्बोधन बहिस्कार गर्ने ४८ सांसदलाई ममाथि निहित कानुनी अधिकारको प्रयोग गरी ३० दिनका लागि निलम्वन गर्ने निर्णय लिएको छु', सभामुख प्याट्रिक मातिविनीले मङ्गलबार सञ्चारकर्मीसँग बताए।

निलम्बनमा परेका प्रतिपक्षी दल यूपीएनडीका नेता हाकुन्दे हिचिलेमाले आफ्ना सांसद्विरुद्ध गरिएको कारबाहीप्रति प्रतिक्रिया दिँदै भने 'अझ पनि कसैलाई निरंकुश शासनका विषयमा शङ्का छ भने संसदले आफ्ना सांसदमाथि गरेको घटनाको बिष्लेषण गर्नुहोस्।'

प्रजातान्त्रिक अभ्यासअनुसार संसदमा उपस्थित हुने/नहुने आफ्नो दलको निर्णय भएको भन्दै उनले सांसदलाई संसदमा विरोध जनाउन अनुपस्थित भएको घटनामा कारबाही गरिनु कहाँको प्रजातन्त्र हो भनी उनले प्रश्न गरे।

सन् १९९१ मा प्राप्त प्रजातन्त्रलाई जोगाउने बेला आएको छ र यसका लागि जाम्बियाली जनताले आफ्नो दललाई सघाउने छन्, हिचिलेमाले सञ्चारकर्मीलाई बताए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell