PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

मैत्रीपूर्ण खेल : १० खेलाडीको फ्रान्सले इंगल्याण्डलाई हरायो



पहिलोपोस्ट

मैत्रीपूर्ण खेल : १० खेलाडीको फ्रान्सले इंगल्याण्डलाई हरायो

ओसमान डेम्बेलेले खेल सकिन १२ मनेट अगाडी निर्णायक गोल गरेपछि १० खेलाडीको फ्रान्सले इंगल्याण्डलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ।

ह्यारी केनको २ गोललाई छायाँमा पार्दै फ्रान्सले इंगल्याण्डलाई ३-२ ले हराएको हो।

फ्रान्सको घरेलु मैदान स्टेड डे फ्रान्समा ह्यारी केनले नवौँ मिनेटमा गोल गर्दै इंगल्याण्डलाई अग्रता दिलाएका थिए। तर सामुएल उम्टिटीले २२औं मिनेटमा फ्रान्सका लागि बराबरी गोल गरे। ४३औं मिनेटमा डिजिब्रिलले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।

दोस्रो हाफको दोस्रो मिनेटमै फ्रान्सलाई दोहोरो झड्का लाग्यो। डेले अलीलाई डि एरियाभित्र फल गरेपछि फ्रान्सका राफले भरानले सिधै रातो कार्ड पाए भने इंगल्याण्डले पेनाल्टी पायो।

जसलाई ह्यारी केनले सहजै गोलमा परिणत गर्दै खेल बराबरी गरे। तर एक खेलाडी कम हुनुका बावजुत पनि डेम्बेलेलेले ७८औं मिनेटमा काएलिन एमवापेको पासमा फ्रान्सका लागि विजयी गोल गरे।

यस्तै अन्य मैत्रीपूर्ण खेलमा ब्राजिलले अष्ट्रेलियालाई ४-०, अर्जेन्टिनाले सिंगापुरलाई ६-०, कोलोम्वियाले क्यामरुनलाई ४-०, रोमानियाले चिलीलाई ३-२ ले पराजित गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell