
राजविराजः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ।
राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको बन्दका कारण राजमार्गमा रोकिराखेको को १ ख ३९७४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको तेरौता–७ का ४० वर्षीय तेजनारायण चौधरी र पछाडि सवार नाम ठेगाना नखुलेका एकजनाको मृत्यु भएको हो। रासस