PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

मिस नेपाल नीकिता भन्छिन्,  म 'चन्दक' होइन 'चाण्डक' हुँ



पहिलोपोस्ट

मिस नेपाल नीकिता भन्छिन्,  म 'चन्दक' होइन 'चाण्डक' हुँ

काठमाडौं: २०१७ का लागि घोषित मिस नेपाल नीकिता चाण्डकले आफ्नो थर गलत प्रकाशित भएकोमा गुनासो व्यक्त गरिन्। सामाजिक सञ्जालमा उनी कुन जातकी हुन्रु भन्ने प्रश्न उठ्नु र मिडियाले पनि थर गलत लेखिदिएकोले आफूलाई खिन्न बनाएको उनले बताइन्।

पहिलोपोस्टसँग कुरा गर्दै भनिन्, 'धेरैले सुन्नु भएको रहेनछ। म नेपाली नै हुँ। तर, गलत बुझियो र गलत लेखियो।'

टेलिभिजनमा कार्यक्रमको लाइभ भइराख्दा आफ्नो थरको गलत उच्चारण भएको र आफूले 'चन्दक होइन चाण्डक हुँ' भन्न नमिलेको प्रसङ्ग उनले रमाइलो मान्दै सुनाइन्।

भनिन् 'पत्रिका र अनलाइनहरुका लागि त आजकाल कागजमा 'नीकिता चाण्डक' लेखेर दिने गरेकी छु।'

मारवाडी समुदायको 'महेश्वरी' परिवार हो नीकिताको परिवार। आफ्नो परिवारले पहिलेदेखि नै महेश्वरीको सट्टा चाण्डक लेख्दै आएको उनले जानकारी दिइन्। भनिन् 'नाम, थर भनेको मान्छेलाई चिन्ने आधार हो। त्यसैले सकेसम्म कसैको पनि नाम र थरलाई चाही गलत नलेखियोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell