PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ग्यास चुलो किन्ने विवादमा सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या



रासस

ग्यास चुलो किन्ने विवादमा सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या

सुर्खेतः ग्यास चुलो किन्ने विषयमा विवाद हुँदा श्रीमानले प्रहार गरेको लाठी लागेर श्रीमतीको मृत्यु भएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया श्रीमती पद्मा बुढाको हत्या गरेका हुन्। 

प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार ग्यास चुलो किन्ने विषयमा मङ्गलबार साँझ उनीहरुबीच विवाद भएको थियो। 

मादकपदार्थ सेवन गरेका दुवै जनाबीच विवाद बढ्दै गएपछि श्रीमानले श्रीमतीलाई लाठी प्रहार गरेका थिए । लाठी लागेर बेहोस भएकी पदमाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell