झापाः झापाको मेचीनगरपालिका वडा नम्बर १४ का मतदाताले मेचीनदीमा पुल बनाइदिनेलाई भोट दिने बताएका छन्।
पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको यस वडाका वासिन्दाले नदीमा पुुल बनाइदिनेलाई भोट दिने बताएका हुन्। टापुमा करिब ५० परिवारको बसोवास छ।
यसअघि आफूहरुलाई पुल बनाइदिने आश्वासन मात्र दिएपनि पुल बनाउने पहल नगरेको उनीहरुले गुनासो गरेका छन्।
मेची नदीमा पुल नहुँदा वर्षायाममा तीन महिनासम्म उनीहरुलाई नेपाली बजार र गाउँतिर आवतजावत गर्न समस्या हुने गरेको छ।रासस