PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

सुनसरीमा निर्वाचन गतिविधिले तीव्रता पाउँदै



रासस

सुनसरीमा निर्वाचन गतिविधिले तीव्रता पाउँदै

इटहरीः सुनसरीमा दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

राजनीतिक दलहरुले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदमा उम्मेदवार चयन गरेपछि निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको हो। 

दलहरुले तुल, ब्यानर टाँग्ने, घरदैलो अभियान र चुनावी सभा गरिरहेका छन्।

राष्ट्रिय जनाता पार्टी नेपालले बन्द हड्ताल आह्वान गरेपनि त्यसको प्रवाह नगरी ठूला राजनीतिक दलका नेता तथा कायकर्ताहरु घरदैलो पुग्ने होडबाजीमा छन्।

कतिपय गाउँ तथा नगर र उपमहानगरस्तरीय प्रतिबद्धता पत्र जारी गर्दै कांगेस, एमाले, माओवादी केन्द्र र राप्रपाले मतदातालाई आफूतिर आकर्षण गर्ने अभियानले तीव्रता पाउन थालेकाले सर्वसाधारणको ध्यान चुनावमा केन्द्रीत बनेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell