PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

हावाहुरीले टहरा भत्काउँदा छ  जना घाइते



रासस

हावाहुरीले टहरा भत्काउँदा छ  जना घाइते

चितवनः पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन्। 

बिहान साढे चार बजे आएको हावाहुरीले टहरा भत्काएपछि उनीहरु घाइते भएका हुन् । 

प्रहरीका अनुसार घाइतेमध्ये लालु साह कानुको अवस्था गम्भीर छ भने सर्लाही भगवानपुरका– २९ वर्षीय राजेन्द्रकुमार राय, भारत घर बताउने ३० वर्षीय बसिर मियाँ, ३२ वर्षीय सिकेन्द्र पण्डित, १७ वर्षीय भोलाकुमार बिन र बारा जीतपुरका १७ वर्षीय किसान महतोको अवस्था भने सामान्य छ।

माछा पोखरीमा काम गर्ने मजदुर सो स्थानमा अस्थायी टहरा निर्माण गरी बस्दै आएका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell