PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

उत्तर कोरियाको जेलबाट रिहा भएलगत्तै अमेरिकी विद्यार्थी स्वदेश फिर्ता



रासस

उत्तर कोरियाको जेलबाट रिहा भएलगत्तै अमेरिकी विद्यार्थी स्वदेश फिर्ता
फोटो श्रोतःbbc.com

वासिङ्टनः उत्तर कोरियाले जेलबाट रिहा गरेलगत्तै अमेरिकी विद्यार्थी स्वदेश फर्किएका छन्। 

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक विमानबाट बुधबार बिहान उनको निवासस्थान ओहायो पुर्याइएको जानकारी दिएका छन्।

उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो। उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो। 

ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशविरुद्ध गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो। 

पछि उनलाई १५ वर्षको श्रम शिविरको सजाय सुनाइएको थियो। उनी शिविरमा जबर्जस्ती काम गर्नुपर्ने भएपछि विरामी परेका थिए।
 
उनको रिहाईका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत आग्रह गरेका थिए। 

ट्रम्पले आफ्ना नागरिकलाई रिहागरी वार्ताका लागि वासिङ्टन आउन उत्तर कोरियालाई भनेका थिए। त्यसपछि उत्तर कोरियाले ती विद्यार्थी रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell