PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ब्लड हाउन्ड कुकर : प्रहरीको बन्दैछ हतियार



सविन ढकाल

ब्लड हाउन्ड कुकर : प्रहरीको बन्दैछ हतियार

काठमाडौ : कैलालीको धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा रहेको आफ्नै घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृत अवस्थामा फेला परे। 

बिहान घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गर्दा हत्या भएको अनुमान गर्यो। घरमा अन्य सदस्य बसोबास नगर्ने भएकाले कसरी हत्या भयो भन्ने पत्ता लगाउन प्रहरीलाई अन्योल नै थियो। घटनास्थलमा कुनै अपराधी पत्ता लगाउने सबुत प्रमाण पनि प्रहरीलाई हात लागेन। प्रहरीको एक मात्र विश्वासिलो साथी बन्यो भुन्टी। 

नेपाल प्रहरीको जघन्य अपराध अनुसन्धानका लागि प्रयोग हुने भुन्टी अर्थात् दुई वर्षको जर्मन सेफर्ड जातको कुकुर। भुन्टीलाई मध्यपश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट घटनास्थलमा झिकाइयो। घटनास्थलमा प्रहरीले फेला पारेको रगत लागेको फलामको रड भुन्टीलाई सुघाँएर छाडियो। घटनास्थलमा पुगेर पुजा बटालालाई र उनका ससुरालाई कुकुरले हत्यामा संलग्न भएको इसारा गर्यो। कुकुरको इशार पाउने बित्तिकै 'डग हन्यान्डलर'ले बुझिहाले। प्रहरीले दुवैलाई नियन्त्रणमा लियो र अनुसन्धान थाल्यो। अन्तत: दुवैले हत्यामा आफुहरुको संलग्नता भएको बयान प्रहरीमा दिए। तर, मुख्य हत्यारा भने फरार भएको बताए। भुन्टी आफ्नो काममा सफल बन्यो। 

यो कुकुर अनुसन्धानमा सधै सफल भएको  केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी प्रमोदराज भट्ट बताउँछन्। गत वर्ष सल्यानमा भएको घटनमा पनि भुन्टीले यस्तै सफलता पाएको थियो। त्यसैले ६१ औँ प्रहरी दिवसको दिन भुन्टीलाई सम्मानित गरिएको थियो। 

पछिल्लो समय भएका घटनाहरुमा प्रहरीको साथी बन्दै गएका छन् तालिम प्राप्त कुकुरहरु। भट्ट भन्छन्, 'अहिले कुकुरको विश्वसनीयता बढेसँगै माग पनि बढिरहेको छ।' 

ललितपुरको छम्पीमा ५४ वर्षीय दीपक परियारको हत्या गरेर फ्यालिएको अवस्थामा प्रहरीले फेला पार्यो। हत्या किन र कसले गर्यो भन्ने अन्योल प्रहरीमा थियो। यस घटनामा पनि हत्यारासम्म पुग्न प्रहरीको सारथी बन्यो तालिम प्राप्त कुकुर नै बन्यो। शेफर्ड जातकै भाले कुकुर जंगे तथा सोही जातको पोथी लिजा लाई रगत सुघाँएर छोड्दा सिन्धुपाल्चोक घर भइ ललितपुरकै चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिनको कोठामा पुगेर कुकुले इसारा गर्यो। विवादपछि पाख्रिनले ढुङ्गाले हानेर हत्या गरेको देखियो। 

नेपाल प्रहरीसँग ट्र्याकर डग, लागू औषध पत्ता लगाउने,  बिस्फोटक तथा हातहतियार पत्ता लगाउने,  गस्ती,  सुरक्षा,  खोजी एवम् उद्दार गरी  विभिन्न ६ विधामा काम गर्ने कुकुरहरु छन्। नेपाल प्रहरीसँग देशभर ७३ वटा तालिमप्राप्त कुकुर छन्। 

सबैभन्दा बढी २८ वटा जर्मन सेफर्ड छन्। कुकुरको माग र विश्वसनीयता बढेसँगै नेपाल प्रहरी थप तालिम प्राप्त कुकुर विदेशबाट खरिद गर्न लागेको छ। प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउन ४ दिनसम्मको घटनामा अनुसन्धान गर्ने ब्लड हाउन्ड जातको कुकुर ल्याइसकेको छ। अहिले ती कुकरलाई तालिम दिइरहेको छ प्रहरीले। नौ महिनासम्म तालिमपछि कुकुर अनुसन्धानमा प्रयोग हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell