PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

श्री राईको 'समर्पण'को पहिलो भिडियो सार्वजनिक



पहिलोपोस्ट

श्री राईको 'समर्पण'को पहिलो भिडियो सार्वजनिक

काठमाडौं: गायक श्री राईको नयाँ गीत ‘बैंसालु जावानी तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ। गीत म्युजिक भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। भिडियोमा अभिनेता तथा मोडल पुष्पल खड्का र मोडल सृष्टिना राईको फिचरिङ रहेको छ।

भिडियोलाई रङ्ग पत्रकार विशाल राईले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशन हो।

ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोलाई चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। भिडियोमा गायिका समेत रहेकी तायाहाङ्मा राईको कोरियोग्राफी र मेकअप रहेको छ। गीतमा गायक राईकै शब्द, संगित र स्वर रहेको छ। गीतलाई गायकको एकल एल्बम ‘सर्मपण’मा समावेश गरिएको छ। गत शुक्रबार काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी एल्बमलाई नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार एवं कवि गणेश रसिक, गायिका तायाहाङ्मा राईले एकसाथ एल्बमको विमोचन गरेका थिए।

विशाल चौतारी मिडियाको प्रस्तुती रहेको एल्बममा चार गीत र एक ट्रयाक समावेश रहेको छ। एल्बममा ‘सुस्तरी सुस्तरी’, बैसालु जावानी’, नजाउ मलाई छोडी टाढा, जोडेर दुई मुटु, र बैंसालु जावानी’को ट्रयाक समावेश रहेको छन्।

हेर्नुस् भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell