PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

निर्वाचन आयोगले गृह मन्त्रालयसँग माग्यो राजपा चुनावमा नआउँदाको सुरक्षा रणनीति



रमेश वाग्ले

निर्वाचन आयोगले गृह मन्त्रालयसँग माग्यो राजपा चुनावमा नआउँदाको सुरक्षा रणनीति

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी निर्वाचनमा भाग नलिँदाको अवस्थामा सरकारको सुरक्षा रणनीति माग गरेको छ। आयोगले आज सुरक्षा निकायका प्रमुखसहितको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक राखेर सरकारसँग २४ घण्टा भित्र नयाँ सुरक्षा रणनीति मागेको हो।
 
'राजपा निर्वाचनामा नजाँदाको अवस्थामा उसका राजनीतिक गतिविधिको नियन्त्रण गरी निर्वाचन सम्पन्न गर्न सरकारको सुरक्षा रणनीति के हुने भनेर हामीले गृह मन्त्रालयसँग सोधेका छौं,' बैठकपछि निर्वाचन आयुक्त सुधीरकुमार शाहले पहिलोपोस्टसँग भने, 'राजपाबाट हिंसात्मक कार्य पनि भएमा त्यसलाई कसरी निस्तेज पार्ने भन्ने विषयमा गृह मन्त्रालयसँग रणनीतिक तयारी मागेका छौं। भोलि विहान नै मन्त्रालयले आयोगलाई जानकारी दिने छ।'

आयुक्त शाहले आयोगले सबै तयारी गरेको र निर्वाचन मिति पनि टाढा नभएकाले थप तयारी आवश्यक भएको बताए।
 
बैठकमा प्रमुख निर्वाचन आयुक्त यादवले आसन्न स्थानीय तहको निर्वाचनको लागि मनोनयन पत्र दर्ता गर्नेदेखि सम्पूर्ण निर्वाचन कार्यक्रमहरू सञ्चालन गर्दा भरपर्दो सुरक्षा व्यवस्था आवश्यक हुने भन्दै त्यका लागि थप योजना सहित सुरक्षा व्यवस्था चाहिने बताए।
 
आयुक्तहरुले गृह तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमुखहरुलाई बदलिदो राजनीतिक परिस्थितिलाई समेत ध्यान दिई सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका थिए।
 
गृह सचिव लोकदर्शन रेग्मीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि सुरक्षा रणनीति तथा पुरक सुरक्षा योजना समेत तयार गरी प्रभावकारी रूपमा कार्यान्वयनको तयारीमा मन्त्रालय रहेको जानकारी दिए।

बैठकमा आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादव, निर्वाचन आयुक्तहरू, आयोगका सचिव, गृह सचिव, रक्षा सचिव तथा नेपाली सेनाका बलाधीकृत रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहित अन्य उच्च अधिकारीहरूको उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell