PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

रुकुमका २७ मतदानस्थल अतिसंवेदनशील



रासस

रुकुमका २७ मतदानस्थल अतिसंवेदनशील

रुकुमः असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा रुकुमका २७ वटा मतदानस्थललाई अतिसंवेदनशील मानिएको छ। 

रुकुमका ५ नम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका ३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहेपनि २७ वटा मतदान स्थललाई अतिसंवेदनशील मानिएको प्रहरीले जनाएको छ। 

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका १४ स्थान, भूमे गाउँपालिकामा रहेका आठ स्थान र सिस्ने गाउँपालिकामा रहेका पाँच स्थानका मतदानस्थल अतिसंवेदनशील मानिएको छ। 

ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। उनका अनुसार एउटा बुथमा कम्तीमा पनि १५ जना म्यादी प्रहरी, सात नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने तयारी भइरहेको छ। 

भौगोलिकरुपले विकट रहेका कारण नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने प्रहरीको अनुमान छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell