PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

'प्रेमगीत २'को क्लाइमेक्स सिन लिक, निर्माताको सस्पेन्स प्लान फ्लप



पहिलोपोस्ट

'प्रेमगीत २'को क्लाइमेक्स सिन लिक, निर्माताको सस्पेन्स प्लान फ्लप

काठमाडौं: फिल्म ‘प्रेमगीत २’ को क्लाईमेक्स सीनका फोटोहरु सार्वजनिक भएका छ। फिल्म युनिटले ति फोटोहरु टिमबाट अफिसियल रिलिज नभई कसैले लिक गरेको बताएको छ। क्रु मेम्बर चन्द्र भुजेलले फेसबुकमार्फत फिल्मको क्लाईमेक्स सीनको फोटोहरु लिक गरेको जानकारी दिइयो।



फोटोहरु लिक भएकै कारण फाईनल भएको ट्रेलरमा पनि केहि थपघट गर्ने निर्माता सन्तोष सेनले बताए। भने, ‘पहिला हामीले पुरै लभ र रोमान्सको मात्र ट्रेलर सार्वजनिक गर्ने तयारीमा थियौं तर अब एक्सनका सिनहरु पनि राख्न पर्ने भयो।' उनले आफू पनि फिल्ममा अभिनय गरेको कुरा सस्पेन्स राख्ने सोचमा रहेको बताए।



साउन १३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई पुरुपोत्तम प्रधानले खिचेका हुन् भने रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell