PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दैलेखको राकम कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु, १८ घाइते



पहिलोपोस्ट

दैलेखको राकम कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु, १८ घाइते

दैलेखः दैलेखको राकम कर्णालीमा बस दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

कालिकोटबाट महेन्द्रनगर गइरहेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठबीस नगरपालिका ४ मा दुर्घटना भएको हो।   

मृत्यु हुनेमा ७ पुरुष, २ महिला र १ नावालक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक यगेन्द्र खत्रीले पहिलोपोष्टलाई जानकारी दिए।

कालिकोट काउन्टरमा २१ जना यात्रुको चलानी भएपनि बीच बाटोमा कति यात्रु चढेका थिए भन्ने यकिन भएको छैन । बस सडकबाट करिब तीन सय मिटर तल नदीमा खसेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell