PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

११ जिल्लाको निर्वाचन तेस्रो चरणमा गर्न सकिन्छः उपप्रधानमन्त्री गच्छदार



रासस

११ जिल्लाको निर्वाचन तेस्रो चरणमा गर्न सकिन्छः उपप्रधानमन्त्री गच्छदार

विराटनगरः उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत असार  चौध गते हुने ४३ जिल्ला मध्ये ११ जिल्लाको निर्वाचन तेस्रो चरणमा गर्न सकिने बताएका छन्। 

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले राष्ट्रिय जनता पार्टीले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता प्रकट गरेको अवस्थामा तेस्रो चरणमा निर्वाचन गराउन सकिने बताएका हुन्।

उनले निर्वाचन अघि संविधान संशोधन सम्भव नभएको भन्दै आगामी दिनमा संशोधन प्रस्ताव दुई तिहाइबाट पारित गराउनका लागि हरसम्भव प्रयास गरिने बताए।

मुलुकलाई द्वन्द्वतिर धकेल्नुभन्दा केही समय लिएर भएपनि समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिँदै गच्छदारले संविधानलाई सर्वस्वीकार्य बनाउनतर्फ सबै दल एकजुट भएर लाग्नुपर्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell