PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

राजपासहित प्रमुख दलका शीर्ष नेता एक ठाउँमा : दोस्रो चरणको निर्वाचनका लागि निर्णायक वार्ता



रमेश वाग्ले

राजपासहित प्रमुख दलका शीर्ष नेता एक ठाउँमा : दोस्रो चरणको निर्वाचनका लागि निर्णायक वार्ता

काठमाडौँ: स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सबैभन्दा चुनौती रहेको राष्ट्रिय जनता पार्टीको मुद्दालाई सम्बोधन गर्नका लागि प्रमुख दलका शीर्ष नेताको बैठक सुरु भएको छ। संसद सचिवालयस्थित सभामुखको बैठक कक्षमा सुरु भएको छलफललाई निर्णायक बनाउने प्रयत्नमा सत्तारुढ, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत राजपा जुटेका हुन्। 

राजपालाई चुनावमा सहभागी गराउने विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीचको कसरतले कुन मोड लिन्छ त्यसमै निर्धारित हुँदैछ दोस्रो चरणको निर्वाचन। आजको बैठकले निर्वाचनलाई तेस्रो चरणसम्म पुर्याछउन सक्ने सम्भावना बोक्छ। दोस्रो चरणको निर्वाचन विरुद्ध आम हड्तालमा उत्रिएको राजपालाई मनाउन नसके दोस्रो चरणको निर्वाचन सहज रुपमा हुने सम्भावना कम छ। भए पनि मुलुकको सबै भागमा निर्वाचन नहुन सक्छ।

राजपाले चुनावमा आउने लिखित प्रतिवद्धता गरे संविधान संशोधन लगायतका राजनीतिक मुद्दालाई चुनावलगत्तै सम्वोधन गर्नेगरी लिखित सहमतिको तयारी प्रमुख दलले गरेका छन्। 

राजपाले संशोधन नभइ चुनावमा सहभागी नहुने भन्दै दोस्रो चरणमो निर्वाचनको १६ दिनअघि आमहड्तासहितका विरोधका कार्यक्रम घोषणा गरेको छ। प्रदेश नम्वर २ मा राजपाले अन्य दल र निर्वाचनज आयोगका गतिविधिमा पनि अवरोध पुर्यायइरहेको छ।

राजपाले प्रदेश २ र ५ मा चुनावको मिति सार्न समेत प्रस्ताव गरेको अवस्थामा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सुवास नेम्बाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा राजपाका महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell