PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

राजपा नआए पनि चुनावको सुरक्षा तयार : गृह मन्त्री जनार्दन शर्मा



पहिलोपोस्ट

राजपा नआए पनि चुनावको सुरक्षा तयार  : गृह मन्त्री जनार्दन शर्मा

काठमाडौं : गृह मन्त्री जनार्दन शर्माले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिएका छन्। 

सोमवार गृह मन्त्रालयमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री शर्माले राष्ट्रिय जनता पार्टी चुनावमा सामेल नभए पनि सुरक्षा व्यवस्थामा प्रभावित नहुने दावी गरे। त्यस्तै मन्त्री शर्माले राजपालाई पनि निर्वाचनमा सहभागी हुने वातावारण तयारी गर्न सरकार लागि परेको बताए। उनले भने, 'सबैभन्दा राम्रो उपाय सबैलाई समेटेर निर्वाचन गराउनु हो जसका लागि वार्ता र सम्वाद भइरहेको छ।' 

मन्त्री शर्माले प्रहरी संगठनभित्र देखिएको राजनीतिक गतिविधि अन्त्य गर्ने लागेको दावी गरे। उनले भने, 'राजनीतिक नेताकहाँ धाउने परम्परा बन्द गर्छु।' सिपाईदेखि प्रहरी कर्मचारीको मनोबल बृद्धि गर्ने उनले दावी गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell