PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रेलले किचेर जोगवनीमा तीन नेपालीको मृत्यु 



रासस

रेलले किचेर जोगवनीमा तीन नेपालीको मृत्यु 

विराटनगरः भारतको जोगवनीमा रेलले किचेर मंगलबार राति तीन नेपालीको मृत्यु भएको छ। 

रेलले किचेर मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादवको मृत्यु भएको हो।

मंगलबार राति उनीहरु चढेको को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले उनीहरुलाई किचेको थियो।

भारतको अररियास्थित अस्पतालमा परीक्षणपछि मृतकको शव परिवारलाई बुझाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell