PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

उत्तर कोरियासँग ब्यापारिक सम्बन्ध नराख्न अमेरिकाको चेतावनी



पहिलोपोस्ट

उत्तर कोरियासँग ब्यापारिक सम्बन्ध नराख्न अमेरिकाको चेतावनी

बीबीसीः अमेरिकाले उत्तर कोरियासँग ब्यापार सम्बन्ध राख्ने देशहरुमाथि प्रतिबन्ध लगाउने भएको छ। 
 
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मंगलबार अमेरिकी सिनेटको विदेशी मामिलासम्बन्धी समितिको बैठकमा चेतावनीसहित यस्तो बताएका हुन्। ह्वाइट हाउसले केही दिनमै यस बारेमा निर्णय सार्वजनिक गर्ने पनि उनले बताए।

प्योङयाङलै हालै गरेका मिसाइल परीक्षणहरुले अन्तराष्ट्रियस्तरमा नै खतरनाक संकेत दिएको भन्दै ट्रम्प प्रशासन उत्तर कोरियाको परमाणु तथा मिसाइल कार्यक्रम रोक्नका लागि दबाब बढाइरहेको बीबीसीको  अनलाइन संस्करणमा उल्लेख छ। अमेरिकाले पहिले पनि उत्तर कोरियाको मिसाइल परीक्षणमाथि बन्देज लगाएको थियो। 
 
उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने अन्तर महाद्विपीय मिसाइल बनाइरहेको अपुष्ट समाचारहरु आइरहेको बेला अमेरिकाले  उत्तर कोरियामाथि कडा कदम चाल्न लागेको हो।
 
‘अमेरिकाले उत्तर कोरियासँग ब्यापारिक सम्बन्ध राखिराखेका देशहरुलार्इ सूचित गरिसकेको र उनीहरुमध्ये जुन जुन देशले यस विषयमा अनिच्छा देखाएका छन् वा जुन देशहरु उत्तर कोरियासँग सम्बन्ध गाँसिराख्न चाहन्छन् उनीहरुमाथि दोहोरो स्तरको प्रतिबन्ध लगाउने तयारी भैरहेको छ’– टिलरसनले भने। 
 
टिलरसनले आफ्ना भनाइहरु राख्दै गर्दा देशको नाम भने स्पष्ट रुपले भने तोकेनन्। उनले भने –‘उत्तर कोरियाको सवालमा उसको सबैभन्दा ठूलो सहयोगी देश चीनका साथ आगामी हप्ता उच्चस्तरीय वार्ता गरिनेछ।’
 
टिलरसन भन्छन्– ‘चीनले उत्तर कोरियामाथि दवाव दिनका लागि पर्याप्त कोशिश गरिरहेको पुष्टि भएको छ उसले केही न केही कदम उठाएको पक्कै छ।’
 
अमेरिकाको उत्तर कोरियासँग कुनै ब्यापारिक सम्बन्ध छैन। अब अमेरिकाले ती देशका कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने बारे सोचिरहेको छ, जसले अमेरिकी सम्झौताको विपरित किम जोंङ उन सरकारका साथ ब्यापारिक सम्बन्ध बनाइरहेको छ। आगामी शुक्रवारसम्ममा राष्ट्रपति ट्रम्पले ब्यापार तथा परिवहनका विषयमा थप कडा कानुनको घोषणा गर्ने भनिएको छ।
 
विदेशमन्त्री टिलरसनले सिरिया तथा यूक्रेनमा जारी संघर्ष तथा अमेरिकी राष्ट्रपतीय चुनावका क्रममा अनावश्यक हस्तक्षेप गरेको भन्दै उत्पन्न कटुताका कारण रुससँग अमेरिकाको सम्बन्ध सबैभन्दा तितो रहेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell