PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

उपेन्द्र यादव केपी ओलीका पुत्र : राजेन्द्र महतो



राधेश्याम पटेल

उपेन्द्र यादव केपी ओलीका पुत्र : राजेन्द्र महतो

वीरगञ्ज : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज पुगेर उपेन्द्र यादवलाई ओली पुत्र बताएका छन्। 
स्थानीय तहको निर्वाचन बिथोल्ने उद्देश्यले मंगलवारदेखि राजपाले अह्वान गरेको चार दिने आन्दोलनलाई थप अक्रामक बनाउन दोस्रो दिन आज वीरगञ्जको घण्टाघरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

महतोले पत्रकार सम्मेलनमा उपेन्द्र यादवको मानसिक सन्तुलन ठीक नभएको बताए। विगतदेखि नै यादवले मधेशका जनतालाई धोका दिँदै आएको उनको आरोप थियो।

सरकारले स्थानीय तहको चुनावमा जान वातावरण नबनाएका कारण उनले चुनावमा नगएको बताए। सरकार र संविधानसभाले गर्नुपर्ने काम अहिलेसम्म नगरेको कारण चुनाव बिथोल्ने तयारीमा लाग्न बाध्य भएको बताए। 

विगतमा भएका न्युनतम सहमति कार्यान्वयन नभएसम्म मधेशमा कुनै पनि हालतमा चुनाव हुन नसक्ने उनले ठोकुवा गरे। 

मधेशी जनताले अधिकार नपाएसम्म स्थानीय तहको चुनावमा सहभागिता नदेखाउने बताउँदै उनले काठमाडौंका सञ्चार गृहले विपरित समाचार प्रकाशित गरेको आरोप लगाए। नेता महतोले मधेशलाई हक छिन्ने बेलामा तीनवटा पार्टीहरू एक भएको र अहिले दुई तिहाइ बहुमत पुर्‍याउनेजस्ता झमेला खडा गरेर संविधान संशोधन हुन रोक्नु दुःखद् भएको बताए । 

मधेशी जनताले अधिकार नपाएसम्म आन्दोलन जारी राख्ने उनले बताए। उनले वार्ताका नाममा आन्दोलन नरोकिने ठोकुवा गरेका थिए।  
असार १४ गते निर्वाचन नभए देश र मधेश दुवै बाँच्ने महतोले बताए। सरकारले बल प्रयोग गरेर चुनाव गराएमा मुलुकमा ठूलो द्वन्द्व हुने चेतावनी समेत दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell