PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

 एसर्इर्इको नतिजा शुक्रवार सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?



पहिलोपोस्ट

 एसर्इर्इको नतिजा शुक्रवार सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?
फाइल फोटो

काठमाडौंः एसर्इर्इको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ। नतिजा प्रकाशनको सम्पूर्ण तयारी भर्इसकेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

यसवर्ष एसईईमा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३, आंशिकतर्फ ५० हजार ८ सय २७ र एक्जाम्टेडतर्फ १८ हजार ९ सय ९ विद्यार्थी सहभागी भएका छन्।

त्यसैगरी, प्राविधिकतर्फ ३ हजार ६ सय ५७ परीक्षार्थी सहभागी भएका छन्।

परीक्षामा दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा सहभागी भएका छन्। 

कसरी हेर्ने नतिजा ?

नेपाल टेलिकमको आर्इभिआर र एसएमएस सेवा प्रयोग गरी एसर्इर्इको नतिजा हेर्न सकिन्छ। त्यसका लागि मोबाइलमा १६०० मा सिधै फोन गरेर वा एसएमएस गरेर नतिजा थाहापाउन सक्नुहुनेछ। 

साथै शिक्षा मन्त्रालय, शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम र अन्य निजी संस्थाका वेवसाइटमा नतिजा हेर्न सकिन्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell