PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

शीर्ष दलका नेताको बैठकमा एमालेले भन्यो : निर्वाचनपछि संविधान संशोधन



रमेश वाग्ले

शीर्ष दलका नेताको बैठकमा एमालेले भन्यो : निर्वाचनपछि संविधान संशोधन

काठमाडौं : नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्न प्रस्ताव गरेको छ। निर्वाचनविरुद्ध आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीसहित प्रमुख दलका शीर्ष नेताबीच जारी बैठकमा एमालेले पहिलो पटक संविधान संशोधनका पक्षमा बोलेको हो।

'निर्वाचन मिति सबै पक्षको सहमतिमा तोकिएको हो,' छलबाट बाहिरिँदै गर्दा नेकपा एमालेका नेता सुवास नेम्बाङले भने, 'मितिमा तलमाथि नगरौं। बाँकी जेजे गर्न सकिन्छ गरौं।'

उनले स्थानीय तह संख्या थप्ने विषयमा सर्वोच्चले रोकेको उल्लेख गरे। सरकारले गरेको भ्याकेट निवेदन सर्वोच्च अदालतबाट दरपिठ भइसक्यो भन्दै त्यसलाई अगाडि बढाउन नमिल्ने बैठकमा बताएको जानकारी दिए।

'ती बाहेकका विषयमा निर्वाचनका लागि केही गर्न पर्छ भने गरौं भन्ने हाम्रो कुरा रह्यो,' नेम्बाङले भने।

शीर्ष नेताको बैठक जारी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell