PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

डोल्पामा भाइरल ज्वरोको प्रकोप, तीन जनाको मृत्यु, सयौं विरामी



रासस

डोल्पामा भाइरल ज्वरोको प्रकोप, तीन जनाको मृत्यु, सयौं विरामी

डोल्पाः डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाको मृत्यु भएको छ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीन जनाको मृत्यु भएको हो।

भाइरल ज्वरोकै कारण मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको हो।
 
त्यस्तै, सयौं सर्वसाधारण टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले थलिएका छन्। 

तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकेको र वितरण सुरुभइसकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा श्रीकान्त अग्रवालले जानकारी दिए। 

अहिले तल्लो डोल्पाका गाउँको अवस्था सामान्य बन्दै गइरहेको उनले बताए। 

चिकित्सकले सङ्क्रमित बिरामीलाई उमालेको पानी पिउन र न्यानो कपडा प्रयोग गर्न सुझाव दिएका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell