PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

हस्तक्षेप होइन, नेतृत्व गर्छुः गृहमन्त्री



रासस

हस्तक्षेप होइन, नेतृत्व गर्छुः गृहमन्त्री

काठमाडौंः गृहमन्त्री जर्नादन शर्माले आफूले राजनीतिक हस्तक्षेप नभइ नेतृत्व गर्ने बताएका छन्। 

बुधबार सुरक्षा विषयमा समाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा गृहमन्त्री शर्माले गृहमन्त्रीले राजनीतिक नेतृत्व नगरे सरकारको उद्देश्य पूरा नहुने टिप्पणी गरे। 

आफूले मन्त्रालयअन्तर्गतका सबै निकायलाई उनीहरुको समस्या, समाधानका उपाय र बलियो बनाउने कार्ययोजना बनाएर ल्याउन निर्देशन दिइसकेको र सोहीअनुरुप काम अगाडि बढाउने स्पष्ट पारे।

सुरक्षा सङ्गठनको मनोबल बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै गृहमन्त्री शर्माले सिपाहीहरुको मनोबल वृद्धि नगरेसम्म शान्ति सुरक्षा जस्तो कार्य सम्पन्न गर्न नसकिने भएकाले उनीहरुलाई अनुशासित बनाउँदै प्रोत्साहन दिने योजना बनाउने बताए। 

आफूले सही नियतले काम गर्ने तथा देश र जनतालाई योगदान दिने उद्देश्यले मन्त्रालय सम्हालेको उनले बताए। गृहमन्त्री शर्माले प्रहरी सङ्गठन तँछाडमछाड गर्दै राजनीतिक नेतृत्वको पछाडि दगुर्ने प्रवृत्तिको आफूले अन्त्य गर्ने दाबी गरे।

उनले भने, “भनसुन गर्नेलाई मैले कारवाही गर्नेछु । यो एक÷दुई दिन मैले हेरेँ । कोही नदगुर्नोस् भन्दाभन्दै पनि मलाई फोन गर्नेलाई मैले त्यो काम गर्दिनँ भनेर जवाफ दिएँ।” रासस


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell