PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

कक्षा ११ को परीक्षा आजदेखि सुरु, साढे चार लाख परीक्षार्थी सहभागी



पहिलोपोस्ट

कक्षा ११ को परीक्षा आजदेखि सुरु, साढे चार लाख परीक्षार्थी सहभागी

काठमाडौँ: स्थानीय तह चुनावका कारण सरेको कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय परक्षा बोर्डले जनाएको छ। सरकारले निर्वाचनको मिति पुनः सारेपछि असार ८ गतेदेखि तय भएको परीक्षा आजदेखि सुरु गर्ने बोर्डले निर्णय गरेको थियो।

परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी हुँदैछन्। यसमध्ये दुई लाख ११ हजार ६८१ छात्र छन्। दुई लाख ३७ हजार ३७३ छात्रा रहेका छन्। यो पटक पनि छात्रभन्दा छात्राको संख्या बढी छ।

परीक्षामा नियमिततर्फ तीन लाख ४८ हजार र आंशिकतर्फ एक लाख ९ सय विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

यसअघिको तालिका अनुसार असार ८ गतेदेखि १८ गतेसम्म परीक्षा सञ्चालनको तयारी थियो। असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन परेका कारण परीक्षा अघि सारिएको हो।

परीक्षा असार १० गते सकिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell