
काठमाडौँ: दोस्रो चरणको निर्वाचन अन्तर्गत भोलि उम्मेदवारको मनोनयन हुँदैछ। दोस्रो चरणमा ४१ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन हुनेछ।
मनोनयन भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिृतको कार्यालय तथा गाउँपालिका र नगरपालिकाको केन्द्रमा मनोनयन दर्ता हुनेछ।
उम्मेदवारी दिएका उम्मेदवारको सूची भोलि साँझ साढे ५ बजे प्रकाशित हुनेछ। मनोनयन दर्ता भएको उम्मेदवारविरुद्ध उजुरीका लागि असार ३ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवार नामावली फिर्ता लिनका लागि असार ४ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण असार ५ गते हुनेछ । आयोगको कार्यतलिका अनुसार असार १४ गते निर्वाचन हुनेछ।
निर्वाचन मनोनयनको एकदिन बाँकी रहदा कतिपय दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्। जेठ ३१ को चुनाव सारे दोस्रो चरणको निर्वाचनमा सहभागी हुने बाचा गरेको राष्ट्रिय जनता पार्टी फेरि चुनाव सार्नुपर्ने पक्षमा छ। राजपा अझै चुनावमा भाग लिने वा नलिने स्पस्ट छैन। राजपासँग प्रमुख दलहरु आज पनि छलफलमा नै छन्।