PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

राजपाको आन्दोलनलाई नेपाल संघीय समाजवादीको साथ



राधेश्याम पटेल

राजपाको आन्दोलनलाई नेपाल संघीय समाजवादीको साथ

वीरगञ्ज: निर्वाचनविरुद्ध आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टीलाई रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले साथ दिएको छ। राजपाको आन्दोलन जायज भएको भन्दै नेपाल संघीय समाजवादीले आन्दोदनमा साथ दिने निर्णय गरेको अध्यक्ष अन्सारीले बताए।

एमालेबाट अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा गएका अन्सारीले राई र उपेन्द्र यादवले पार्टी एकता गरेपछि नयाँ पार्टी गठन गरेका थिए।

बिहीबार बिहान पार्टीको निर्णय सार्वजनिक गर्दै अन्सारीले अब राजपाको आन्दोलनमा सक्रिय भएर लाग्ने बताए।

मधेशको माग सम्वोधन नगरी सरकारले जवर्जस्ती चुनाव गराए त्यसले मुलुक झन ठूलो द्धन्द्धमा फस्ने अन्सारीले चेतावनी दिए। अन्सारीले सरकारले नै चुनावको वातावरण नबनाएको आरोप समेत लगाए।

उनले संविधान संशोधन गरेर मधेसको माग सम्बोधन नगरेसम्म मधेशमा चुनाव हुन नसक्ने दाबी गरे। अन्सारीले उपेन्द्र यादवले मधेश मुद्दामा जनतालाई पटक–पटक धोका दिएको आरोप समेत लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell