PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

आइजिपी प्रकरण: हेर्दाहेर्दैको मुद्दा किन भयो स्थगित?



पहिलोपोस्ट

आइजिपी प्रकरण: हेर्दाहेर्दैको मुद्दा किन भयो स्थगित?

काठमाडौँ: नेपाल प्रहरीको आइजिपी बढुवा विवादसम्वन्धी मुद्दा आज पनि स्थगित भएको छ। सर्वोच्चको साप्ताहिक पेसी सूचीमा प्रकाशित मुद्दा दैनिक पेसीमा स्थगित गरिएको हो।

जेठ १७ गते बृहद् पूर्ण इजलासमा हेर्दाहर्दैमा रहेको मुद्दा बिहीबार दैनिक पेसीबाट स्थगित गरिएको हो। हेर्दाहेर्दैको मुद्दा सामान्यतयाः स्थगित गर्ने प्रचलन नभए पनि स्थगित गरिएको छ।

सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले मुद्दा स्थगितको कारण थाहा नभएको बताए। 

हेर्दाहेर्दैको मुद्दाको पेसी तोकिएको अवस्थामा यसअघि इजलासमा संलग्न न्यायाधीशले अरु मुद्दा हेर्न मिल्दैन। तर, पेसी सूची स्थगित गरी जेठ १८ को सुनुवाइमा संलग्न न्यायाधीशलाई अन्य मुद्दामा पेसी तोकिएको छ।

जेठ १८ मा न्यायाधीशहरु चोलेन्द्र शम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले मुद्दा हेरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell