PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

एकल सांगीतिक साँझमा यसरी गुन्जिए राज 



पहिलोपोस्ट

एकल सांगीतिक साँझमा यसरी गुन्जिए राज 

काठमाडौंः दोलखास्थित कालिका उच्च माविको पुस्तकालय निर्माण र अक्षयकोष स्थापनार्थ गायक राज सिग्देलको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। 

‘ऊ जितेर गई या हारेर गई, नतिजा आफैँतिर पारेर गई’ गजलबाट चर्चामा आएका गायक सिग्देलले राजधानीको राष्ट्रिय नाचघरमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिए। आफ्नो गजलका साथै उनले हिन्दी गजल र फिल्मी गीत सुनाएका थिए। 

उनले हेमन सुवेदीको शब्द र चण्डीप्रसाद काफ्लेको ‘आँखैमा राखें तुवाँलो बन्यौ, दिलैमा सारेँ भुइँचालो बन्यौ’, आलोक श्रीको संगीत, आनन्द अधिकारीको शब्द र ईश्वर अमात्यको स्वरमा रहेको ‘सुन्नेलाई सुनको माला भन्दिनेलाई फूलको माला’ पनि सुनाए। 

हरि बस्ताकोटीको रचना रहेको ‘आँखैमा कुनै सपना छैन...’, ‘अमृत भनी विष पिलायौ...’ गीत सुनाए । यी गीत राजको अब आउने ‘तस्बिर’ एल्बममा समेटिनेछन्। 

उनले हरिप्रसाद रिमालले गाएको ‘फगत एक नजरमा...’, फत्तेमानको ‘वनै खायो डढेलोले...’, तारादेवीको ‘सोचेजस्तो हुन्न जीवन...’ जस्ता कालजयी गीत पनि प्रस्तुत गरे। पहिलोपटक भिडियोमा अभिनय गरेको अनुभव सुनाउँदै राजले ‘नजर दामी हजुरको’ पनि सुनाए। 

सामाजिक कामका लागि भर्खरै स्थापित उर्वरा फाउण्डेशनको यो पहिलो कार्यक्रम हो। ‘कार्यक्रमबाट उठेको रकम पुस्तकालय स्थापनाको लागि खर्च गर्नेर्छौं,’ फाउण्डेशनकी अध्यक्ष देवकी अभिलाषीले भनिन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell