PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

नेपाल्स चबी मोडलको ताज समिरा श्रेष्ठलाई



पहिलोपोस्ट

नेपाल्स चबी मोडलको ताज समिरा श्रेष्ठलाई

काठमाडौँ: सिद्दि मिडियाले आयोजना गरेको 'नेपाल्स चबी मोडल २०१७'को उपाधी समिरा श्रेष्ठले हात पारेकी छिन्। बुधबार सम्पन्न प्रतियोगीताको फिनालेमा करीब १५ जना प्रतियोगीहरु मध्य उनी उत्कृष्ट घोषित भएकी हुन्।

एक महीना लामो प्रशिक्षणपछिको फिनालेमा फर्स्ट रनर्सअप मिनु तामाङ र सेकेण्ड रनर्सअप कृति बर्तौला भए। बेस्ट वाल्क र मिस फोटोजेनिक समिरा श्रेष्ठ, मस्ट ईन्स्पाईरिङ्ग मिनु तामाङ, बेस्ट एक्सप्रेसन सुनिता नेपाल, बेस्ट स्किन प्रेरणा श्रेष्ठ, मिस ड्यासिङ्ग रितु कपाली, बेस्ट हेयर सिमा बोम्जन, बेस्ट स्माईल मेनका जोशी, मस्ट फ्रेन्डली निकिशा दंगाल, मिस बब्लि र मिस मल्टिमिडिया च्वाइस कृति बर्तौला, मस्ट ट्यालेन्ट सगुन गुरुङ, मस्ट पंगचुअल र मिस कन्फ़िडेण्ट सपना राइ, मस्ट स्ट्यालिस क्यारिना शाक्य, बेस्ट डिसिप्लिन नाबिता गुरुङ, मिस पपुलर र मस्ट ओबिडेण्ट सामन्ता गौतम, मस्ट सिन्सियर सिवानी खरेल र मस्ट चार्मिंगमा सबु महर्जनले उपाधि हात पार्न सफल भएका छन्।

उक्त प्रतियोगिताको निर्णायकहरुमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, चर्चित कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा, मोडल आश्मा गिरि तथा निर्माता सुमन काजि विष्ट रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell