PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बैतडीको बस्कोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु



रासस

बैतडीको बस्कोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु

बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

बैतडीको तल्लोस्वराडको सुल्लेखानबाट कुस्मतघाट गइरहेको से१च ११५८ नम्बरको जिप आज बिहान  शिवनाथ–२ को बस्कोटीमा दुर्घटना भएको हो।

दुर्घटनामा  बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिपको अगाडिको टायर निस्किएर दुर्घटनामा भएको हो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell