काठमाडौं: युवा लोक तथा दोहारी गायक केहरसिंह प्यासीको नयाँ गीत सार्वजनिक भएको छ। उनको ‘शिरमा रिबन' बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो।
मगर समुदायको सांगीतिक कौडा भाकामा गीत ‘शिरमा रिबन, नाचौं, गाऔं के छ र जीवन’बोलको गीत बजारमा ल्याएका हुन्। गीतमा प्यासी र जुना श्रीष मगरको स्वर रहेको छ। खेम सेञ्चुरीले लय तथा शब्द दिएको गीतको भिडियो समेत सार्वजनिक भएको हो। भिडियोमा प्रकाश भट्ट र अनिता बुढाथोकीको फिचरिङ रहेको छ। भिडियो निर्देशन चाहिँ प्रकाश भट्ट स्वयंमले गरेका हुन्।
गायकको यो पाँचो एल्बम हो। हेर्नुस् भिडियो: