काठमाडौंः लोकसेवा आयोगले विद्यार्थीलार्इ लक्षित गरी मोवाइल एप्लिकेसन ल्याएको छ।
आयोगले ६७औं वर्ष पार गरेको अवसरमा मोवाइल एप्लिकेसन सार्वजनिक गरेको हो।
उपराष्ट्रपति नन्दकिशोर पुनले मोवाइल एप्लिकेसन सार्वजिक गर्दै लोक सेवा आयोगले नयाँ प्रविधिको प्रयोग गरी विद्यार्थीलार्इ जानकारी दिने उल्लेखनीय कामको थालनी गरेको बताए।
मोबाइल एप्लिकेसनबाट विद्यार्थी तथा लोक सेवा सम्बन्धी सरोकार राख्नेले आयोगका गतिविधिबारे जानकरी लिन सक्नेछन्।
कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारी निकाय सधैं सुस्त र असक्षम नभएको बताए।