काठमाडौंः गृह मन्त्री जनार्दन शर्माले असार १४ गते दुई नम्बर बाहेकका प्रदेशमा मात्र निर्वाचन हुने बताएका छन्।
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको सहभागिता व्यापक बनाउने भन्दै राजपासँग सरकारले गरेको वार्तापछि गृहमन्त्री शर्माले १४ गते एक, पाँच र सात नम्बर प्रदेशमा मात्र निर्वाचन हुने बताएका हुन्।
‘दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आगामी १४ गते दुई नम्बर बाहेकका प्रदेशमा निर्वाचन हुन्छ,' गृहमन्त्री शर्माले भने, ‘दुई नम्बर प्रदेशका विषयमा छलफल भइरहेको छ।’
राष्ट्रिय जनता पार्टीले निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण राजनीतिक वातावरण भएको भन्दै दुई वर्षदेखि भएको आन्दोलनको सम्धबोन नगरी चुनावमा जान असहज भएको बताउँदै आएको छ। त्यसका लागि उसले राजनीतिक आधारमा लागेका झुठा मुद्धा खारेजी, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा तथा क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च माग गरेको छ।
सर्वोच्चले नै अन्तरिम आदेशबाट रोकेको र सरकारले गरेको‘भ्याकेट’ पनि सर्वोच्चबाट खारेज भएको भन्दै अहिले संविधान संशोधनका विषयमा प्रतिबद्धता लिएर निर्वाचनमा जान सकिने बताएको छ।