PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

दुई नम्बर प्रदेशलाई तेस्रो चरण



पहिलोपोस्ट

दुई नम्बर प्रदेशलाई तेस्रो चरण

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने निर्णय गरेका छन्।

सत्तारुद्ध दल कांग्रेस–माओवादी र आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयममा बसेको बैठकबाट दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गराउने निर्णय गरेका हुन्।

'दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने प्रस्ताव सरकारले दिउँसो तीन बजे निर्वाचन आयोगमा लैजाँदैछ,' बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, 'मिति कहिले हुने भन्ने विषय आयोगको परामर्शपछि सरकारले तय गर्ने छ।'

सरकारले आगामी १४ गते हुने निर्वाचनका लागि पनि मनोनयनको मिति तीन दिन सार्ने प्रस्तावको तयारी गरेको छ। निर्वाचन कार्यातालिका अनुसार भोलि नै उम्मेदवारको मनोनयन रहे पनि राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिन थप समय आवश्यक हुने भएकाले थप तीन दिन म्याद सार्न सरकारले प्रस्ताव गर्न लागेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell