PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन



पहिलोपोस्ट

निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन

काठमाडौं : निर्वाचन आयोगले पौने चार बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। सरकारले दुई नम्बर प्रदेशको निर्वाचन पछि सार्न गरेको प्रस्ताव अस्वीकार गर्दै तोकिएकै मितिमा हुनुपर्ने अडान लिएर फर्किएको आयोगले आकस्मिक पत्रकार सम्मेलन डाकेको हो।
 
आयोगले तेस्रो चरणको निर्वाचनका लागि सहमति नदिए पनि सरकारले भने दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गर्ने तय गरिसकेको छ। सरकार नयाँ प्रस्ताव सहित अहिलेको निर्वाचन कार्यतालिकासमेत संशोधनको प्रस्ताव ल्याउने तयारीमा छ।

सरकारले आगामी १४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ताको समय समेत तीन दिन सार्न प्रस्ताव गर्ने तयारी गरेको हो।
 
सरकारले आयोगको पत्रकार सम्मेलन अघि नै तेस्रो चरणको निर्वाचनका लागि मिति सहित प्रस्ताव ल्याउने तयारी गरेको हो। सत्तारुद्ध दलले आन्दोलनरत राष्ट्रिय जनता पार्टीसँगको छलफल पछि गरेको निर्णय अनुसार आयोगसँग नयाँ मिति प्रस्ताव गर्न लागेको हो। 

सरकारी प्रस्तावपछि हुने पत्रकार सम्मेलनले तेस्रो चरणका लागि निर्वाचन आयोगको तयारीका विषयमा समेत जानकारी आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरु 

राजपासँगको वार्तापछि गृहमन्त्रीले भने २ नम्बर बाहेकका प्रदेशमा १४ गते निर्वाचन

दुई नम्बर प्रदेशलाई तेस्रो चरण

दुई नम्बर प्रदेशमा चुनाव सार्ने प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell