PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

नेपाली कांग्रेसद्वारा महोत्तरीमा उम्मेदवार तय



रासस

नेपाली कांग्रेसद्वारा महोत्तरीमा उम्मेदवार तय

गौशालाः नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि महोत्तरीमा उम्मेदवारको टुङ्गो लगाएको छ। 

कांग्रेसले जलेश्वर नगरपालिकाको प्रमुखका लागि अशोक साह र उपप्रमुखका लागि अनिता शर्मालाई उम्मेदवार बनाएको छ।

त्यस्तै, बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारा महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनु अधिकारी र उपप्रमुखमा सुशीला महतोलाई उम्ममेदवार बनाइएको छ। 

कांग्रेसले मटिहानी गाउँपालिकाको अध्यक्षमा उपेन्द्र चौधरी र उपाध्यक्षमा जुवेदा खातुन, पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामवती देवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा विनिता देवी तिवारी, बलवा गाउँपालिकाको अध्यक्षमा विनोद यादव र उपाध्यक्षमा रामदुलारी ठाकुर, भंगहा गाउँपालिकाको अध्यक्षमा ओम यादव र उपाध्यक्षमा सकुन्तलादेवी थारुको नाम छटुङ्गो लगाएको छ। 

त्यस्तै रामगोपालपुर गाउँपालिकाको अध्यक्षमा राजाराम यादव, सोनमा गाउँपालिकाको अध्यक्षमा नवल यादव, मनरा गाउँपालिकाको अध्यक्षमा किशोरसिंह प्रितम, औरही गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा मोहम्मद रकिव र लोहारपट्टी गाउँपालिकाको अध्यक्षमा शैलेन्द्र यादवलाई उम्मेदवार बनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell