PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

मोगादिसुको एक रेष्टुरेन्टमा आतङ्ककारी आक्रमण, १८ को मृत्यु



रासस

मोगादिसुको एक रेष्टुरेन्टमा आतङ्ककारी आक्रमण, १८ को मृत्यु
फोटो श्रोतःbbc.com

मोगादिसुः सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ जना मारिएका छन्। 

आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि सुरक्षा कारबाहीका क्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रलयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन्। 

एकाबिहानै भएको आक्रमणबाट १८ जना सर्वसाधारण मारिनुका साथै १० भन्दा बढी घाइते भएका अरबले जानकारी दिए। 

स्थानीय समयअनुसार बुधबार साँझ ८ बजेबाट रेष्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउसमा बन्दुकधारीले आक्रमण गरेका बताइएको छ । 

रमाजानको ब्रतपछि खाना खान जम्मा भएको जनसमुदाय माथि आक्रमण भएको हो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell