
सोलः उत्तर कोरियाले अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा गरिएको जनाएको छ।
ती विद्यार्थीलाई रिहा गरेको दुई दिनपछि उत्तर कोरियाको यस्तो भनाइ आएको हो।
उत्तर कोरियाले आफ्नो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई मङ्गलबार रिहा गरेको थियो। उनलाई देशको श्रम शिविरमा राखिएको थियो ।
ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशकोविरुद्ध गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो।
करिब १५ वर्षको श्रम शिविरको सजाय सुनाई शिविरमा जबर्जस्ती काममा लगाइएका उनी बिरामी परेका थिए। गम्भीर रुपमा बिरामी परेका उनलाई केही महिनादेखि अस्पतालको कोमामा राखिएको थियो।
बिरामी परेका उनलाई कोमामा भर्ना गरिएदेखि नै अमेरिकाले रिहाइको माग गरेको थियो । उनको रिहाइका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सरकारलाई बारम्बार आग्रह गरेका थिए ।
अमेरिकाको ओहायोस्थित आफ्नो घर पुगेका ती विद्यार्थीका परिवारले उनलाई उत्तर कोरियाली प्रहरीले निर्ममतापूर्वक पिटेको पाइएको जनाएको छ। रासस/एएफपी