PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

सलमानको बयान : युद्धको आदेश दिनेलार्इ सिमामा पठाउनुपर्छ



पहिलोपोस्ट

सलमानको बयान : युद्धको आदेश दिनेलार्इ सिमामा पठाउनुपर्छ

नयाँ फिल्म ‘ट्युबलाइट’ प्रमोसनको क्रममा सलमान खानले युद्धको अदेश दिनेलार्इ सिमामा पठाउनुपर्ने धारणा व्यक्त गरेका छन्। सलमान खानले ‘जसले युद्धको आदेश दिर्इरहेको हुन्छ उसलार्इ नजिक राखेर भन्नुपर्छ, बन्दुक लिनुस् आफै लड्नुहोस् भनेको बिबिसी हिन्दीले जनाएको छ।

सलमानले भने,'युद्धको आदेश दिनेका खुट्टा काप्न थाल्नेछन् र उनिहरु तुरुन्तै मेचमा बार्ता गर्न बस्नेछन्।’ प्रदर्शनको तयारीमा रहेको सलमान अभिनित फिल्म ‘ट्युबलाइट' मा पनि युद्धको पृष्ठभूमिलार्इ आधार बनाइएको छ। फिल्ममा उनी बन्दी योद्धाको भाइको भूमिकामा देखिएका छन्। भारत र पाकिस्तान बिचको तनाव कायम नै रहेका बेला यस्तो धारणा सार्वजनिक गर्नुलाई केहीले सहासपूर्ण बताएका छन् भने केहीले उनको यस बयानको बिरोध गरेका छन्। सलमानले भने फिल्म प्रोमोशनका लागि युद्ध बारे मुख खोलेका हुन्।

कबिर खान निर्देशित फिल्ममा सलमान खान, सोहेल खान र चिनिया अभिनेत्री झुझुको मुख्य अभिनय रहेको छ। हिस्टोरिकल वार ड्रामा जून २३ बाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell