PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

बङ्गलादेशमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १५४ पुग्यो



रासस

बङ्गलादेशमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १५४ पुग्यो
फोटो श्रोतःbrecorder.com

चटगाउँः दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५४ पुगेको छ। 

एक महिलासहित दुई जनको शव बिहीबार फेला परेपछि मृत्यु हुनेको सङ्ख्या १५४ पुगेको जनाइएको छ। बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ। 

संकटकालीन उद्धार टोलीले बिहीबारबाट पहिरो प्रभावित इलाकामा हराएका व्यक्तिको खोजीको काम भने बन्द गरेको छ। 

पाँच वटा पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यलाई निरन्तरता दिएको र हराएकाको खोजीलाई स्थगित गरेको स्थानीय अग्नीनियन्त्रक प्रमुख दिदारुल अलामले जानकारी दिएका छन्।

पहिरो प्रभावित इलाकामा १.२ मिटरसम्म हिलोमाटो जमेको छ।बङ्गलादेशको इतिहासमा करिब एक दशक अघि गएको पहिरोमा १२७ जनाको मृत्यु भएको थियो। त्यसपछिको बाढी प्रकोपको यो नै भीषण भएको बताइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell