काठमाडौंः भाषा, साहित्य एवम् संस्कृतिमा अतुलनीय योगदान पुर्याएका ‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशी सम्मानित भएका छन्।
कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा बिहीबार आयोजित कार्यक्रममा जोशीलाई सम्मानसहित ५१ हजार रुपैयाँ प्रदान गरिएको हो।
विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवा पुर्याएबापत गतवर्ष यो पुरस्कारबाट डा लोचन कार्की सम्मानित भएकी थिइन्। रासस