PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

नेपाल प्रहरीले सुरु गर्‍यो डिजिटल सिग्नेचर



पहिलोपोस्ट

नेपाल प्रहरीले सुरु गर्‍यो डिजिटल सिग्नेचर

काठमाडौंः नेपाल प्रहरीको कार्यालय सञ्चालन पद्धतिलाई व्यवस्थित र प्रभावकारी बनाउन विद्युतीय कारोबार ऐन, २०६३ को अधिनमा रही डिजिटल सिग्नेचर पद्धति संचालनमा ल्याइएको छ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयहरुमा डिजिटल सिग्नेचरसहितको सञ्चार पठाई यस पद्धतिको उद्घाटन गरे। 

साथै प्रहरी महानिरीक्षक अर्याललाई नेपाल सर्टिफाइङ कम्पनी प्रालि थापाथलीका प्रबन्ध निर्देशक पुरुषोत्तम घिमिरेले सात थान डिजिटल सिग्नेचर किट सोही अवसरमा हस्तान्तरण गरे।

प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयमा सञ्चार आदान प्रदानका लागि डिडिटल सिग्नेचरको प्रयोग हुनेछ।

नेपाल प्रहरीमा इ–मेल, इन्टरनेट र लेसपेपर प्रणालीको प्रयोग गरी अधिकांश पत्रहरु आदान प्रदान गरी सूचना व्यवस्थापन गर्दै आएकोमा त्यसलाई थप विश्वसनीय बनाउन डिजिटल सिग्नेचर प्रयोगको विधिवत सुरुवात गरिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell