PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

डा. तारानाथ घिमिरेको संघीयतामाथिको पुस्तक सार्वजनिक 



पहिलोपोस्ट

डा. तारानाथ घिमिरेको संघीयतामाथिको पुस्तक सार्वजनिक 

काठमाडौं : नेपालको संघीयताको विषयमा नेपालमै पहिलोपटक विद्यावारिधी गरेका डा. तारानाथ घिमिरेको ‘नेपालमा सङ्घात्मक व्यवस्था, अवधारणा र औचित्य’ पुस्तक सार्वजनिक भएको छ। 

पूर्व सभामुख दमननाथ ढुङ्गानाले विमोचन गर्दै पुस्तकले नेपालको संघीयताका बारेमा रहेका असहमतिको चिरफार गरेको बताए। पुस्तकले नेपालको संघीय व्यवस्था र अवधारणाका बारेमा सबै नेपालीलाई सहज रुपमा बुझ्न सहयोग पुर्‍याउने विश्वास गर्दै नेपालमा संघीयताको विषयमा पहिलो पटक विद्यावारिधि गर्ने लेखकलाई बधाई दिए। 

संविधानविद् काशीराज दाहालले निष्पक्ष रुपमा संघीयताको चिरफार भएको र संघीयतामा चासो राख्नेहरुका लागि पुस्तक उपयुक्त रहेको चर्चा गरे। नेपाल संघीयतात्मक प्रणालीमा गइसकेकाले पुस्तक संघीयताको महत्वपूर्ण दस्तावेजका रुपमा आएको बताउँदै उनले यसबारेमा बुझ्न पुस्तक महत्वपूर्ण रहेको जनाए। ज्ञानज्योति बुक्स पब्लिकेसन वितरक रहेको कितावको मुल्य ४ सय ७५  रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell