PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

काठमाडौंको धुलो पखाल्न जेट मेसिन,  अर्थ मन्त्रालयले दियो ९ करोड 



पहिलोपोस्ट

काठमाडौंको धुलो पखाल्न जेट मेसिन,  अर्थ मन्त्रालयले दियो ९ करोड 
प्रतीकात्मक फोटो : dustcontrolbc.com

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकको धुलो पखाल्न जेट मेसिन किन्ने भएको छ। अत्याधिक धुलोका कारण महानगर अस्तव्यस्त भएपछि जेट मेसिन किन्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। 
 
केही समय पानी हालेर सडक पखाल्न खोजे पनि त्यो प्रभावकारी नभएको महानगरको बुझाइ छ। सोही कारण आधुनिक मेसिन किनेर धुलो व्यवस्थापन गर्ने तयारी भएको कार्कीले जानकारी दिए।
 
जेट मेसिन किन्न महानगरलाई अर्थ मन्त्रालयले नौ करोड रुपैयाँ रकम विनियोजन गरिसकेको उनले बताए। एउटा मेसिनको लगभग तीन करोड रुपैयाँ पर्ने उनले बताए। महानगरपालिकाले ५ वटा मेसिन आवश्यक भएको बताएको छ।
 
धुलो पखाल्न कस्तो खालको जेट मेसिन उपयुक्त हुन्छ भनेर महानगरपालिकाका मेकानिकल इन्जिनियर, सडक डिभिजनका इन्जिनियर र पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक सम्मिलित टोलीले अनुसन्धान गरिरहेको छ। अनुसन्धान प्रतिवेदन आएपछि टेन्डर प्रकृयामा जाने कार्कीले जानकारी दिए।
 
साथै महानगरमा हरियाली प्रवर्द्धन र धुलोको तत्काल व्यवस्थापनका लागि ठूला रुख रोप्न मिल्ने एउटा ‘ट्रि ट्रान्सप्लान्टर’ र  ३ थान धुलो बढार्ने अत्याधुनिक प्रविधिको ब्रुमर खरिद प्रक्रिया पनि अघि बढेको उनले जानकारी दिए। जेट मेसिन आएपछि ब्रुमरले अघि अघि धुलो बढार्ने र मेसिनले पछि पछि पानी खन्याउने उनले बताए।
 
महानगरपालिका आसपासका अरु नगरले पनि जेट मेसिन खरिद गरेर धुलो पखाल्ने प्रबन्ध मिलाए उपत्यकाको धुलो नियन्त्रण हुने उनको दावी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell