PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोरला नाकामा व्यापार मेला सुरु



रासस

कोरला नाकामा व्यापार मेला सुरु

मुस्ताङः नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा वर्षेनी आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला बिहीबारदेखि सुरु भएको छ। 

मेला प्रवेशका लागि यसवर्ष सीमा क्षेत्रका नेपालीलाई परिचयपत्र अनिवार्य गरिएको छ। दश दिनसम्म सञ्चालन हुने मेलाका लागि चिनियाँ र नेपाली व्यापारी सीमा क्षेत्रमा पुगिसकेका छन्। 

गतवर्षसम्म परिचयपत्र बिना सीमा क्षेत्रका व्यापारीलाई चिनियाँ पक्षले सहजै प्रवेश दिएको थियो। मेला सञ्चालनका लागि ढुङवासेन काउन्टीमा चिनियाँ सुरक्षा अधिकारी र नेपालकातर्फबाट इलाका प्रशासन कार्यालय छोसेर, सीमा प्रहरी चौकी लोमान्थाङका सुरक्षा अधिकारीबीच छलफल भएको थियो। 

बैठकमा चिनियाँ पक्षले सुरक्षालाई पहिलो प्राथमिकता दिएर परिचयपत्र बिना प्रवेश दिन नसक्ने बताएको थियो। सोहीबमोजिम दुई गाउँपालिकाका बासिन्दाका लागि इलाका प्रशासन कार्यालयले अस्याथी परिचयपत्र जारी गरेको छ। 

इलाका प्रशासन कार्यालयका प्रमुख जीतेन्द्र बलामीका अनुसार वर्षको दुईपटक आयोजना हुने सो अन्तरदेशीय व्यापार मेलाबाट सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तु आयातदेखि विभिन्न किसिमका जडीबुटी निर्यात गर्छन्। गतवर्ष २५ दिनसम्म व्यापार मेलाका लागि नाका खुलाइएको थियो। 

व्यापार मेला हुने भएपछि अहिले कोरला नाकास्थित नेचुङ भन्सार कार्यालय सञ्चालनमा आएको छ। मेलामा निर्यातभन्दा आयात नै बढी हुने गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell